देश । गठबन्धन सरकारले ६ महिना पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दैै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको मुख्य प्राथमिकता कोभिड नियन्त्रण रहेकाे बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले ६५ प्रतिशतलाई पूर्णमात्र खोप र ७८ प्रतिशतलाई पहिलो मात्रा खोप लगाइसकिएको बताए । कोभिडविरुद्ध बुस्टर डोज सुरु भइसकेको बताउदै बालबालिकाको लागि खोप अभियान छिटै सुरु गरिनेमा जोड दिए ।
कोभिड १९ को सामना गर्न सरकारी अस्पतालमा पूर्वाधार अक्सिजन, भेन्टिलेटर तथा क्षमतामा बढोत्तरी गरिएको उनले बताए । ‘विकशित राष्टमा पुग्ने हाम्रो अभियान हो । संविधानको कार्यान्वयन, आर्थिक समृद्धि, विकासलाई मुख्य प्राथमिकतामा राखेर काम गरिएको छ’ प्रधानमन्त्री देउवाले भने ।
कमेन्ट गर्नुहोस्









