एकैदिन इटालीमा ६२७ जनाको मृत्यु

सांकेतिक तस्बिर

विदेश । कोरोना भाइरस कोभिड १९) को उच्च जोखिमलाई ध्यान दिदै विभिन्न देशले उपाए अपनाई रहेका छन् । संक्रमण युक्त देशले यतिबेला नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिएका छन् । विश्व स्वास्थ्य संगठनले यसलाई ‘महामारी’ घोषणा गरेपछि पछिल्लो समय सिंगो विश्वनै कोरोना भाइरससँग जुधिरहेको छ । चीनको वुहानबाट फैलिएको यो भाइरस यतिबेला विश्वकै टाउको दुखाइ पनि बनेको छ ।

पछिल्लो समय चीन भन्दा पनि यसको संक्रमण युरोपमा बढ्दो छ । कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ ।

शुक्रबार मात्रै इटालीमा ६ सय २७ जनाको मृत्यु भएको छ । त्यस्तै शुक्रबार थप ५ हजार ९ हजार ६ सय ८६ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ भने ४७ हजार २१ जना संक्रमित भएका छन् । त्यस्तै युरोपेली मुलुक स्पेनमा पनि मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । शुक्रबार इटालीपछि स्पेनमा सबैभन्दा बढी २ सय ६२ को मृत्यु भएको छ । स्पेनमा शुक्रबार ३ हजार ४ सय ३३ संक्रमित थपिएका छन् । शनिबार बिहानसम्म स्पेनमा मृत्यु हुनेको संख्या एक हजार ९३ पुगेको छ भने संक्रमितको संख्या २१ हजार ५ सय १० रहेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्