कोरोना भाइरसले गर्दा गयो १४ हजार ६ सय मानिसको ज्यान

Photo Credit : CNN

विदेश । पछिल्लो समय विश्वकै टाउको दुखाई बनेको छ , कोरोना भाइरस । गत वर्ष सन् २०१९ को नोभेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको भाइरसलाई वैज्ञानिकले कोभिड १९ को नामले चिन्छन् । पछिल्लो समय यो विश्वमै फैलिएको छ । मानिशले सामाजिक दुरी कायम गरेका छन् । विश्व स्वास्थ्य संगठनले अनावश्यक रुपमा घरबाट बाहिर ननिस्किन आग्रह गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर १४ हजार ६ सय मानिसको ज्यान गएको छ । विश्वको १८६ देशमा फैलिएको कोरोनाबाट झण्डै ३ लाख ३० हजार मानिसमा संक्रमित भएको पुष्टि भईसकेको छ ।

बीबीसीका अनुसार, कोरोना संक्रमणबाट इटलीमा सबैभन्दा धेरै ५ हजार ४ सय ७६ मानिसको ज्यान गएको छ । भने , चीनमा ३ हजार २ सय ७० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । पछिल्लो समय युरोपमा संक्रमण फैलिदो अवस्थामा स्पेनमा कोरोना भाइरसको कारण १ हजार ७ सय ७२ मानिसको ज्यान गइसकेको छ । मध्यपूर्वको देश इरानमा हालसम्म १ हजार ६ सय कोरोना संक्रमितको ज्यान गइसकेको छ । कोरोनाले महामारीको रूप लिने चेतावनीकै बीच नेपालको छिमेकी देश भारतमा सात जनाको ज्यान गइसकेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्