‘बाटुलो जून’ ले कति कमायो ?

फिल्म । भाइटीकाको भोलिपल्ट अर्थात् गत बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बाटुलो जून’ घरेलु बक्स अफिसमा सुखद सुरुआत गरेको छ । निर्माण पक्षले फिल्मले पाँच करोड कमाइ गरेको दाबी गरेका छन् । निर्माण पक्षले जारी गरेको विज्ञाप्ति अनुसार फिल्मले सोमबारसम्म पाँच करिड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जनाएको छ ।

यद्यपि, बक्सअफिसमा भने फिल्मको रिपोर्ट केहि भिन्न छ । बक्सअफिस स्रोतका अनुसार फिल्मले सोमबार ५ बजेसम्म ५ करोड ४४ लाख रुपैयाँ कमाइ गरेको छ । यस्तै उक्त अवधिमा फिल्मको १ लाख ६६ हजार टिकेट बिक्री भएको छ । यद्यपि गैरसिक्वेल फिल्म तर्फ यसले गरिरहेको व्यापार आफैँमा सुखद छ ।

श्रीराम बालाजी फिल्मस् र भीष्म फिल्मस्सँग वितरणमा सहकार्य गरेको रिच इन्टरटेनमेन्टका प्रमुख श्रेष्ठका अनुसार फिल्मको व्यापार दिनप्रतिदिन बढ्दै गएको छ । उत्कृष्ट ‘वर्ड अफ माउथ’का कारण फिल्मप्रति दर्शकको आकर्षण बढेको र त्यसको प्रभाव बक्स अफिसमा देखिएको श्रेष्ठको भनाइ छ ।

अभिनेता अनमोल केसीको करियरकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्मसमेत बनेको ‘बाटुलो जून’ लाई भुवन केसीले निर्देशन गरेका हुन् । सनराइज पिक्चर्स र भविष्य फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा अनमोल केसी, प्रिन्सी खतिवडा, भुवन केसी, गरिमा पन्त लगायतको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्