बक्सअफिसमा फ्लप भयो ‘पाँच पाण्डव’

फिल्म । गत कात्तिक २० गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पाँच पाण्डव’ बक्सअफिसमा असफल देखिएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार प्रदर्शनको पहिलो १० दिनमा फिल्मले ५० लाख रुपैयाँ पनि कमाउन सकेको छैन ।

बोर्डको तथ्याङ्कअनुसार फिल्मले आइतबारसम्म १२ हजार २९४ वटा टिकट बिक्री गर्दै ४३ लाख ५० हजार ४८३ रुपैयाँ ग्रस कमाइ गरेको छ । फिल्ममा हरिवंश आचार्य, आर्यन सिग्देल र जितु नेपाललगायत कलाकारको मुख्य भूमिका रहेको छ । सुशील पौडेलको लेखन रहेको फिल्मलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्