शोभितको फिल्ममा सलोन र रुविना

0 Shares

फिल्म । शोभित बस्नेतको निर्देशनमा ‘डाँडाको वरपीपल’ बन्ने भएको छ । सलोन बस्नेत्र र रुविना थापाको जोडी रहने फिल्ममा शिव श्रेष्ठ , गौरी मल्ल , राजीवजंग बस्नेत , यशराज ग्राच लगायतको अभिनय रहनेछ । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा बन्ने फिल्म फ्यामिली ड्रामा हुने निर्देशक बस्नेतले जनाए ।

आगामी बैशाख २२ गतेबाट छायांकनमा जाने फिल्ममा सुशन प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्याण्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत रहनेछ । रामजी राउतको मुख्य सहायक निर्देशनक रहेको फिल्मको छायांकनको सेड्युल ७५ दिनको राखिएको छ । निर्देशक बस्नेतले काठमाडौं, कालाबाङ, पूर्व र से फोक्सुण्डो तालमा फिल्म छायांकन हुने जनाए ।

कमेन्ट गर्नुहोस्