स्टाइलिस सलिन

फिल्म । डेब्यु फिल्म ‘ए मेरो हजुर २’ मार्फत नै राइजिङ स्टारको उपाधि पाइसकेका सलिन मान बनिया स्टाइलिस छन् । उनि अन्यको तुलनामा आफु भने फरक नै रहने गर्छन । शनिवार सम्पन्न कामना अवार्डमा पुगेका सलिन अन्य भन्दा फरक देखिन्थे । आफ्नै क्लोथ बिजनेश समते रहेकोले उनले आफुलाई स्टाइलिस रुपमै प्रस्तुत गर्नेगर्छन । शनिवार पनि यस्तै देखिए उनि ।

अवार्ड समारोहमा प्रवेश गर्ने लाग्दा उनलाई सञ्चारकर्मीले प्रश्न पनि सोधे , यो कस्तो स्टाइल हो ? उनले आफुलाई मेबिकोइस फेशनमा प्रस्तुत गरेको बताए । उनले दोस्रो फिल्म ‘यात्रा’ मा आफुलाई यात्रीको रुपमा प्रस्तुत गरेका छन् । फुडलभरको रुपमा समेत चिनिने सलिनले यात्रापछी मात्र अर्को फिल्म गर्ने सोच लिएर बसेका छन् । सम्राट शाक्यको निर्देशनमा तयार भएको फिल्म यात्रा यसवर्षको चैत्र २९ मा रिलिज हुदैछ ।

तस्वीरहरु आर्यन बिमली

कमेन्ट गर्नुहोस्