पारामिताले ल्याइन ‘अन्धकार’ (भिडियो)

505 Shares

संगीत । एक्ट्रेस पारामिता आरएल राणाको गीत अन्धकार रिलिज भएको छ । सार्वजनिक गीतमा पारामिताकै शब्द र स्वर रहेको छ । यसमा अभिनय पनि उनकै रहेको छ भने संगीतमा पिरू राणाको साथ् लिएकी छिन् । ‘चपली हाइट २’ बाट नेपाली फिल्मनगरीमा पाइला टेकेकी पारमिता पछिल्लो समय गीतसंगीतमा पनि आफ्नो उपस्थिति दरिलो बनाउदैछिन् ।

मोडलको पहिचान मार्फत पेज थ्रीमा चिनिएकी पारामिताको ‘अन्धकार’ गीत उनको एल्बम ‘क्विन’ मा संग्रहित छ । सुजनको छायाँकन रहेको गीतमा नुर्विन राजभण्डारीको सम्पादनसंगै कलर करेक्सन रहेको छ । गीतमा उनले अन्धकारमा रुमलिएको एक पात्रको मनचित्रलाई चित्रण गर्ने प्रयास गरेकी छिन् । अन्धकारले निम्त्याउने अवस्थालाई पनि भिडियोले समेटेको छ । गीतलाई सुजन जोशीले निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्