रोहितको फिल्ममा दिनेश

फिल्म । लभ स्टोरीलाई पर्दामा प्रस्तुत गर्न माहिर मानिने निर्देशक मध्यका एक दिनेश राउतले निर्माता रोहित अधिकारीको रिलम गर्ने भएका छन् । पछिल्लो फिल्म सोसल ड्रामा ‘प्रसाद’ लाई दर्शक माँझ ल्याएका दिनेशको पाइपलाइनमा ‘मेरो एउटा साथी छ २’ पनि छ । साथै , उनले निर्माताको रुपमा ‘सेल्फी किङ’ लाई समेत आउँदो फागुनमा दर्शक माँझ ल्याउने तयारीमा छन् ।

यसै बीच निर्माता अधिकारीले फेसबुकमा स्टाटस पोस्ट गर्दै दिनेशसँग फिल्म गर्न लागेको जानकारी दिएका छन् । यद्दपी त्यसबाहेक अन्य केहि जानकारी दिइएको छैन । पछिल्लो समय ‘छ माया छपक्कै’ को सफलतामा दंग रोहित र दिनेशले फिल्म गर्ने विषयमा धेरै पटक सल्लाह गरिसकेका छन् । यद्दपी धेरै कुराहरु फाइनल हुन् बाँकी रहेको बुझिएको छ । फिल्म प्रेम कथामै आधारित हुनेछ भने यो आउँदो वर्ष मात्र छायाँकनमा जाने बुझिएको छ ।

कमेन्ट गर्नुहोस्