‘अर्जुन रेड्डी’ बन्दा यस्तो देखिए शाहिद (भिडियो)

फिल्म । पछिल्लो केहि समययता फ्यामिली ड्रामा फिल्म गरिरहेका अभिनेता शाहिद कपूर एक्सन अवतारमा प्रस्तुत भएका छन् । सार्वजनिक फिल्म ‘कबिर सिंह’ को ट्रेलरमा उनलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । पछिल्लो समय ‘आर राजकुमार’ मा एक्सन ब्वाईको रुपमा प्रस्तुत भएका शाहिदले सार्वजनिक ट्रेलर मार्फत राम्रो प्रतिक्रिया पाएका छन् । यो तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ को रिमेक हो ।

साउथ इण्डियन फिल्मलाई दर्शकले रुचाएका थिए । झन्डै ५ करोडको लागतमा बनेको फिल्मले बक्स अफिसमा ५१ करोड कलेक्सन गर्न सफल भएको थियो । विजय र शालिनी पाण्डे अभिनित फिल्मलाई बलिउडमा पनि सन्दीप वांगाले नै निर्देशन गर्ने भएका छन् । उनलाई ‘अर्जुन रेड्डी’को निर्देशन गरेका थिए । फिल्ममा कियारा आडवानी एक्ट्रेसको रुपमा देखिनेछिन । फिल्म २१ जुन २०१९ मा रिलिज हुनेछ ।

Facebook Comments