ममताको जीवनीमा फिल्म बन्ने

फिल्म । बलिउड अभिनेत्री ममता कुलकर्णीको जीवनमाथि फिल्म बन्ने भएको छ । अभिनेत्रीको जीवनमाथि बिलाल सिद्धिकीले लेखेको पुस्तक, ‘द स्टारडस्ट अफेयर’ मा रहेर फिल्म बन्न लागेको हो । निर्माता निखिल द्विवेदीले पुस्तकको कपि राइट खरिद गरिसकेका छन् ।

सिद्धिकीको ‘द स्टारडस्ट अफेयर’ ममता कुलकर्णीको उतारचढावपूर्ण जीवनमा आधारित छ। एउटा बलिउड स्टारदेखि कथित अन्डरवल्र्ड सम्बन्धबाट गडमदर बन्दासम्म उनी सधैं चर्चामा रहिन्। ९० को दशकमा चिनिएकी ममताले करण अर्जुन, बाजी र चाइना गेटजस्ता हिट फिल्ममा अभिनय गरेकी छन्। (एजेन्सी)

कमेन्ट गर्नुहोस्