अर्जुन र दुर्गाले गरे विवाह

43 Shares

संगीत । अन्तत आफ्नो प्रेमजीवनलाई संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलले विवाहमा परिणत गरेका छन् । सरकारले बनाएको नियमलाई पालना गर्दै उनीहरुले आज हिन्दू परम्परा अनुसार विवाह गरेका हुन् । काठमाण्डौको एक मन्दिरमा दुर्गा र अर्जुनले सिमित आफन्त र साथीभाइको उपस्थितीमा बिहे गरेका हुन् । अर्जुन र दुर्गा विगत ७ बर्षदेखि अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका थिए ।

अर्जुनले वैशाखमा नै बिहे गर्ने सोच बनाएता पनि लकडाउनले त्यो सम्भव भएन । असारपछि बिहेको लगन एकैचोटी मंसिरमा भएकाले पनि उनीहरुले असारमै बिहे गर्ने निर्णय गरेका हुन् । पछिल्लो केही बर्षयता नेपाली संगीतमा अर्जुन सफल छन् । उनले तयार पारेका प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, किस्मत २, क्याप्टेन , ऐश्वर्य लगायत फिल्मका गीतहरु सर्वाधिक सफल छन् । दुर्गा पनि सांगीतिक दुनियाँमा सफल गायिकाको रुपमा स्थापित छिन् । अर्जुन र दुर्गालाई सफल दाम्पत्य जीवनको शुभकामना ।

कमेन्ट गर्नुहोस्