फिल्म । मधेशका चर्चित नेता डा. सिके राउतको जीवनीमा आधारित रहेर निर्माण हुने भएको छ । ‘डा. सिके राउत द प्यासन’ नाम राखेर ५० प्रतिशत राउतको जीवनमा र ५० प्रतिशत फिल्मी कथा जोडेर निर्माण हुने बुधबार राजधानीमा आयोजीत कार्यक्रममा जानकारी दिइयो । फिल्म आउँदो छठ पर्वमा प्रदर्शन हुने समेत जानकारी गराइयो ।

डा. सिके राउतको उपस्थिती रहेको कार्यक्रममा यसको निर्माण टिम र कलाकारलाई चिनाइयो । डा. राउतले आफूलाई डेढ महिना अघि फिल्म निर्माण टिमले भेट्न खोजेको र निर्माणप्रति जोश र जागर देख्दा उक्त टिमप्रति आफू सकारात्मक भएको बताए । ‘मलाई भेट्न आउँदा खासै बिश्वास लागेको थिएन । पछि उहाँहरुले पटक पटक भेट्न खोज्दा समय दिएँ र पछि राम्रो मान्छे भेटेँ भन्ने लाग्यो ।’ राउतले कार्यक्रममा भने ।

विजेता गिरीको प्रस्तुति रहने फिल्मलाई सन्तोष साहले निर्देशन गर्नेछन । भोजपुरी फिल्मका सुपर पावर भनेर चिनिएका परदेशी शाहले डा. सिके राउतको भूमिका निभाउने छन् । यसमा परदेशीका अलावा धुर्ब कोइराला,पुकार भट्टराई,बिशाल पहाडी,किरण थापा लगाएतका कलाकारको मुख्य अभिनय रहनेछ । एसोसियट निर्देशक नबराज शर्मा रहने फिल्मलाई पवन गौतमले छायांकन गर्नेछन् । रेवन्त बिक्रम थापाको द्वन्द निर्देशन रहने यसमा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ । फिल्म नेपाली भोजपुरी र हिन्दि भाषामा बन्ने छ ।