सपना पछ्याउदै सुदर्शन

फिल्म । नेपाली फिल्ममा ‘हिम्मतवाली’ मार्फत अभिनेताको रुपमा डेब्यु गरेका सुदर्शन गौतम आफ्नो साहसिक कार्यमार्फत चिनिने गर्छन् । तेह्र वर्षकै बाल्य उमेरमा ०५१ सालमा घरको छतमा रड लिएर खेल्दै गर्दा बिजुलीको तारमा छोइएपछि ठुलो दुर्घटनामा परेर दुवै हात गुमाएत पनि आफ्नो आत्मविश्वास र हिम्मतले उनी विश्वभर परिचित बनेका छन् ।

अरुसँग निर्भर नभई आफ्नो दैनिकी आफैँले गर्ने सुदर्शनले एसएलसी परिक्षा खुट्टाले लेखेर उत्तीर्ण गरेका थिए । उनले मास्टर्ससम्मको अध्यन गरेका छन् । गाडी, मोबाईलदेखि कम्प्यूटरसम्म सबै आफैँले चलाउने गरेका छन् । सन् २०१३ मा विश्वको अग्लो चुचुरो सगरमाथाको सफल आरोहण गरिसकेका सुदर्शनले आफ्नो जन्मदिनमा साँतौ आश्चार्य नियाग्रा फल्समा बाह्र हजार पाँचसय फिट माथिबाट स्काई डाइभ गरेर अर्को साहसिक कार्य गरेका छन् ।

‘जन्मदिनमा आफ्नो सपना पछ्याउदै’ भनेर उनले उल्लेख गरेका छन् । फिल्ममा अभिनय गर्ने तयारीमा रहेका सुदर्शन पर्दा भन्दा पनि बाहिर गर्ने गतिविधीका कारण ‘रियल हिरो’ बनेका छन् ।

कमेन्ट गर्नुहोस्