दुर्घटनामा परे विपिन

फिल्म । पछिल्लो समय फिल्म ‘जात्रै जात्रा’ को छायाँकनमा व्यस्त रहेका अभिनेता विपिन कार्की दुर्घटनामा परेका छन् । आज बिहान शुटिङमा जाने क्रममा करिब ७ : ४५ बजे उनि दुर्घटनामा परेका हुन् । कालिमाटीमा मोटरसाइकलले ठक्कर दिएपछि उनको उपचार बयोधा हस्पिटलमा भईरहेको छ ।

‘त्यस्तो डराउनु पर्ने छैन तर चोटपटक लागेको छ’ निर्देशक प्रदीप भट्टराईले खुट्टामा चोट लागेको बताए । साथै उनलाई ठक्कर दिने मोटरसाइकल र चालक फरार छन् । ‘हामीले प्रहरीमा जानकारी गराइसकेका छौ’ निर्देशक भट्टराई भन्छन ‘विपिनको स्वास्थ्यको बारेमा सबै रिपोर्ट हेरिसकेपछी डाक्टरले केहि समयपछी बताउनु हुनेछ ।’

कमेन्ट गर्नुहोस्