समीरले ल्याए ‘गीत’

सङ्गीत। साङ्गीतिक क्षेत्रमा सक्रिय गायक समीर आचार्यको शब्द, संगीतमा ‘गीत- धानको बाला लारिलारी’ बोलको रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मोहित मुनालको सङ्गीत संयोजन, धर्म गन्दर्भले सारङ्गीमा साथ दिएका छन् । गीतको भिडियोमा गायक आचार्य, प्रविण खरेल र प्रियना आचार्यको अभिनय रहेको छ । राजिव समरको कोरियोग्राफी रहेको गीतको भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका हुन् ।

शान थापाले निर्देशन गरेको यो गीतको भिडियो ‘नेपमेलो’युटुवबाट सार्वजनिक गरिएको छ । फरक शैलीको नयाँ गीत “गीत” पहिलेका गीतहरू झैँ दर्शक स्रोताले रुचाउनेमा आफू विश्वस्त रहेको गायक समीर आचार्यले बताएका छन् ।

कमेन्ट गर्नुहोस्