टिभी । कान्तिपुर नेटवर्कले नयाँ च्यानल ‘कान्तिपुर सिनेप्लेक्स’ सुरु गरेको छ । गत शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले क्ल्याप बोर्ड हान्दै च्यानलको शुभारम्भ गरे । ‘लकडाउनमा हलहरु बन्द थिए । घरमा बसेर दिन काट्न सबैलाई गाह्रो भएको थियो । त्यसैको उत्पत्ति ‘कान्तिपुर सिनेप्लेक्स’ हो ।’ च्यानलसँग तीन सयभन्दा बढी फिल्म ‘स्टक’ मा रहेको छ’ सिरोहियाले बताए ।
फिल्म निर्माण गर्न कान्तिपुर स्टूडियोको पनि स्थापना गरिएको सिरोहियाले जानकारी दिएका छन् । शुभारम्भ कार्यक्रममा नेपाली फिल्मका कलाकार, निर्देशक, निर्माता, प्राविधिक तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । शुभारम्भ कार्यक्रममा हरिवंश आचार्य , राजेश हमाल , सुनिल थापा , शम्भुजित बाँस्कोटा, निरुता सिंह, दीपाश्री निरौला, भुवन केसी, दीपकराज गिरी, पूजा शर्मा लगायतले उपस्थित हुँदै च्यानलको सफलताको शुभकामना दिएका थिए ।