वर्षाले ‘अंकल’ भनेपछि

54 Shares

फिल्म । हिजोआज वर्षा सिवाकोटी चर्चामा छिन् । केहि समय अगाडी सामाजिक सञ्जालमा गरिएको पोस्ट मार्फत चर्चामा आएकी वर्षा आफ्नो फिल्म ‘लक्क जवान’ को गीत सार्वजनिक कार्यक्रममा देखा परिन् । उनि वान पिसमा आएकी थिइन् । फिल्मकी एक्ली हिरोइनको रुपमा कार्यक्रममा आइपुगेकी वर्षाले जब आफ्नो मन्तव्य राखिन् , उनले ह्युमरको सामना गर्नु पर्यो । बोल्ने क्रममा आफैसँग रहेका किरण केसी , शिवहरी पौडेल र राजाराम पौडेललाई ‘अंकल’ भनेपछि हलमा हाँसो भयो ।

फिल्मकै टाइटल झैँ किरण , शिवहरी, राजारामले आफुहरु ‘लक्का जवान’ रहेको भाव दिदै थिए । त्यसपछि वर्षाले बोल्नै सकिनन् । यतिकैमा कार्यक्रम सञ्चालक नरेश भट्टराईले राजारामलाई बोल्न माइक दिए । त्यसपछि उनले ‘अंकल’ मा ह्युमर प्रयोग गरे । ‘आजभोली दुइ किसिमले अंकल भनिन्छ’ उनले भने ,’एउटा अंकल (काका) अनि अर्को अन कल (बोलाउनु) त्यसैले मलाई फरक पर्दैन ।’ उनले व्यङ्ग्यात्मक शैलीमा जफाव दिदा हलमा रहेका सबैमा हाँसो फैलियो । फिल्मको कथा पनि यिनै वरपर घुमेको छ । आउँदो चैत्र २१ बाट फिल्म मार्फत निर्देशनमा हाँस्यकलाकार शिवहरी पौडेलले डेब्यु गर्दैछन् । त्यसो त फिल्म अगाडी उनले जितु नेपालसँग मिलेर ‘जिरे खुर्सानी’ निर्देशन गरिसकेका छन् ।

त्यति मात्र हैन एडसँगै छोटा फिल्महरु पनि निर्देशन गरेका छन् । तर , फिचर फिल्म भने पहिलो हो । यद्दपी उनले डेब्यु फिल्ममा कलाकारहरुको राम्रो साथ् पाएको बताए । ‘मलाइ सबैले राम्रो सहयोग गर्नु भयो , सबैलाई धन्यवाद ।’ प्राय कलाकार टेलिफिल्म हुँदै फिल्म आएको भएकोले पनि उनलाई सहज भएको हो । फिल्म निर्माणमा उनले किरण केसी र दीलिप रायमाझीसँग सहकार्य गरेका छन् । ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतीमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको फिल्म ‘लक्का जवान’ को सह-निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत छन् ।

‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको ‘लक्का जवान’ ले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ । फिल्ममा अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङ, यमन श्रेष्ठ, विमला गिरीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अथिती भूमिकामा छन् । फिल्मको कथा, पटकथा तथा संवाद शिवहरी स्वयंको हो ।

कमेन्ट गर्नुहोस्