इकुले स्नेह आश्रम बनाउने , यस्तो छ योजना

फिल्म । टेलिफिल्म मेरी बासै मार्फत इकुको उपनामले चर्चामा आएका शुलेमान शंकरले आफ्नो जन्मोत्सवको अवसर पारेर स्नेह भवन निर्माण गर्ने बताएका छन् । उनकै रेखदेखमा रहदै आएका १४ बालबालिकासँग आफ्नो जन्मदिनको केक काट्दै उनले आफ्नै भवन निर्माण गर्ने घोषणा गरेका हुन् ।

‘मैले गरेको आम्दानीकै भरमा आश्रमलाई चलाउदै आएको छु’ इकुले भावुक हुदै भने ‘भवन निर्माणार्थ नै विभिन्न देशमा कार्यक्रम लिएर जादैछु ।’ उनले बालबालिकासँग आफु रहदा निकै खुसि मिल्ने गरेको बताए । ‘मेरो संसार नै यिनीहरु नै हुन्’ उनले भने ‘अब यिनीहरुकै बास , कपास र शिक्षाको लागि मेहनत गर्छु ।’ सामाजिक अभियन्ता तथा सफल हाँस्यकलाकार सुमन मगर, गायीका विनिता राई, सञ्चारकर्मी राजकुमार राई, जेरुङ फिल्मसका प्रवन्ध निर्देश नैना जेरुङ, गायक भिम राई, कलाकार रोमना जेरुङ लगायतले शुलेमानलाई सफलताको शुभकामना दिए ।

तस्वीरहरु : आर्यन बिमली
कमेन्ट गर्नुहोस्