आउँदो साता ‘लिगेसी अफ लाइज’

फिल्म । कोरोना भाइरसको संक्रमण घट्दो अवस्थामा रहदा केहि समय अगाडी मात्र बलिउड तथा हलिउडको फिल्मको रिलिज डेट घोषणा भयो । यद्दपी पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण बढे यता केहि फिल्मले रिलिज डेट फेरबदल समेत गरिरहेका छन् । यद्दपी गत विहिबार रिलिज भएको फिल्म ‘गोडजिला भर्सेस कोङ’ ले राम्रो व्यापार गरिरहेको छ ।

यद्दपी यो फिल्म नेपालमा भने रिलिज भएन । यसैले गर्दा यो साता नेपालमा फिल्म प्रेमी दर्शकले नयाँ फिल्म हेर्न पाएनन् । यद्दपी आउँदो हप्ता अप्रिल २ मा भने एक्सन ड्रामा ‘लिगेसी अफ लाइज’ रिलिज हुने भएको छ । स्कोट एडकिन्स अभिनित एक्सन फिल्म भारतसँगै नेपालमा पनि रिलिज हुने भएको छ । एजिएल इन्टरटेनमेन्टले नेपाल रिलिज गर्ने फिल्म अंग्रेजी र हिन्दी भाषामा हुनेछ ।

द एक्सपेन्डेबल र आईपी म्यान ४ जस्तो एक्सन फिल्म दिएर दर्शकको मन जितेका स्कोटले यसमा पनि पुर्व एमआइ सिक्स एजेन्टको भूमिका निर्वाह गरेका छन् । एड्रिन बलको निर्देशनमा तयार फिल्ममा अना बुट्केविच र यूलिया सोबोलको पनि अभिनय रहेको छ । फिल्मले नेपालमा पनि एक्सन पारखी दर्शकको मन जित्नेमा एजिएल इन्टरटेनमेन्ट विश्वस्त छ ।

कमेन्ट गर्नुहोस्