फिल्म । छायांकनरत फिल्म ‘आहुति’ मार्फत गायक प्रकाश दूतराज अब अभिनेताको रूपमा देखिने भएका छन् । ‘रिमै’, ‘देउरालीमा’, ‘घर कता हो बैनीको’ र ‘रेशम’ जस्ता लोकप्रिय गीत गाएका दूतराजले पहिलोपटक फिल्ममा काम गर्न लागेका हुन् । उनी हाल पाँचथरमा फिल्मको छायांकनमा व्यस्त छन् ।
फिल्ममा प्रकाश दूतराजको जोडीको रूपमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह देखिनेछिन् । साम्राज्ञीले केही दिनयता प्रकाशसँगका तस्बिर र भिडियोहरू सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरिरहेकी छन् ।
भवानी संग्रौलद्वारा निर्देशित यो फिल्ममा ‘भ्वाइस अफ नेपाल’ सिजन ४ बाट चर्चामा आएका भुटानी मूलका गायक रिहान गिरीको पनि अभिनय रहनेछ । ‘होस्टेल ३’ बाट अभिनयमा डेब्यु गरेका रिहानको यो दोस्रो फिल्म हो । फिल्मलाई दुई भागमा तयार गरिदै छ ।
कमेन्ट गर्नुहोस्











