फिल्म । गत वर्ष फिल्मनगरीमा उदाएका कलाकार हुन् आशिरमान डिएस जोशी । फिल्म ‘ग्याङस्टार ब्लुज’ मार्फत एक्सन अवतारमा झुलिएका आशिरमानलाई डेब्युकै समयमा राइजिङ स्टारको ट्याग दिइयो । यिनै आशिर अभिनित फिल्म ‘दि ब्रेकअप’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । दोस्रो फिल्ममै उनि पछिल्लो समयका युवास्टार अनमोल केसी अभिनित क्याप्टेनसँगको प्रतिस्पर्धामा छन् । ‘दि ब्रेकअप’ का निर्देशक हेमराज विसीकै निर्देशनमा मार्फत डेब्यु गर्दै एउटा स्टारडम क्रिएट गरेका अनमोलसँग हेमकै अर्का डेब्यु ब्वाईको भिडन्तलाई फिल्मनगरीमा चाख पुर्वक हेरिएको छ । यिनै ब्रेकब्वाई आशिरमानसँग जय होसले फिल्मसँग सम्बन्धित केहि कुराकानी गरेको छ ।
मेरो नेचरसँग मिल्छ आशिरमानलाई डेब्यु फिल्ममै धेरैले प्रश्न गरे , ‘तिमि चकलेटी छौ तर एक्सन फिल्म किन गर्यौ’ । उनि आफुलाई रेगुलर देखाउन चाहँदैन थिए त्यसैले उनले एक्सनसँगै लभ स्टोरी रहेको फिल्मलाई रोजे । तर फिल्मले सोचे जस्तो ब्यापार गर्न सकेन् तर त्यस फिल्मको पोष्ट प्रोडक्सनको कामको बेलामा निर्देशक हेमराज विसीले आशिरलाई ब्रेकअपको स्टोरी सुनाए । ‘मलाइ कन्सेप्ट मन परेको थियो साथै मैले आफुलाई प्रस्तुत गर्न खोजेको भूमिका पनि ब्रेकअपमा देखेको थिय’ आशिर भन्छन् ‘मलाइ सोसल मिडियामा पनि फ्यानले लभर ब्वाईकै क्यारेक्टरमा आउनुस भन्नु भएको थियो ।’ फ्यान मात्र हौइन डेब्यु फिल्म रिलिज भएपछी निर्देशक विसीले पनि सहि गरेनन् कि भन्ने स्वयमले महसुस गरे । ‘मलाइ हेमदाईले पनि सायद मैले तिमीलाई ग्याङस्टार बनाउनु हुन्थिएन कि भन्दै थिए’ आशिरले अगाडीको पल सम्झीए ।
क्याजुअल रिलेसनशिपको कथा फिल्ममा आशिर लभरब्वाईको क्यारेक्टरमा छन् । फिल्ममा उनको क्यारेक्टरको नाम आविष्कार हुन्छ भने उनि प्याराग्लाइडीङ पाइलटको भूमिकामा छन् । रिलेसनलाई म्यानेज गर्न नसक्ने भूमिका आशिरले निर्वाह गरेका छन् । ‘यो स्टोरी मेरो जेनेरेशनको लागि हो’ आशिर भन्छन् ‘क्याजुअल लभ स्टोरी हो र यसमा दर्शकले इन्जोय गर्नुहुन्छ ।’ यसमा उनि रेगुलर लभ स्टोरी नभएको बताउछन् । ‘हाम्रो टपिक नयाँ त होइन तर हामी कहाँ बनिरहेको फिल्ममा भने पक्कै नयाँ हो’ उनले भने ‘फिल्म हेर्न आउदा आँखालाई शितलता दिन्छनै साथै मायाको आभास पनि दिलाउछ ।’
हेमदाई लभ स्टोरीमा पर्फेक्ट आशिरले दुई फिल्म नै हेमराजसँग काम गरे । डेब्यु फिल्ममा एक्सन जनरमा काम गरेका आशिरले हेमराजलाई निर्देशकको रुपमा भने लभ स्टोरीमै पर्फेक्ट देख्छन । ‘हेमदाइले स-सानो कुरालाई औल्याउँनु हुन्छ , त्यसैले उहाँलाइ त्यहि जनर राम्रो हुन्छ जस्तो लाग्छ’ आशिर भन्छन् ‘उहाँले लभ स्टोरी जनरकै फिल्म मार्फत आफुलाई स्थापित गर्नु भएको हो त्यसैले उहाँले नयाँ जनर भन्दा लभ स्टोरीमै राम्रो गर्नु हुन्छ जस्तो लाग्छ ।’ आशिर ‘दि ब्रेकअप’ मार्फत आफु मात्र नभई टिमलाई नै लाभ पुग्नेमा विश्वत छन् ।
प्रेसर छैन आशिरले यसपटक खोजेको रोल त पाएका छन् तर उनलाई सहज भने छैन । उनको ‘दि ब्रेकअप’सँगै अनमोलको फिल्म रिलिज हुदैछ । तर यसलाई आशिर प्रेसरको रुपमा लिदैनन् । ‘हामी आफ्नो काममै लागेका छौ हाम्रो पनि प्राविधिक कठिनाइ थियो’ आशिर भन्छन् ‘पहिला मलाइ पनि सहज त लागेको थिएन तर अनुभवी मेकर्स र वितरकले रोजेको डेटमा म कन्भिन्स भए ।’ उनि यो डेटले दुई फिल्म धान्नेमा विश्वत त छन् नै साथै फिल्म हेर्ने दर्शक स्मार्ट भैसकेको पनि बताउछन् । ‘दर्शकले हेर्न चाहेको फिल्म जुनै डेटमा हेर्नु हुन्छ नत्र खाली डेटमा आउँदा पनि हल खालि भएको प्रसस्तै उदाहारण छ’ आशिर विश्वत सुनिए ।
फिल्ममा आशिरमान देशराज जोशी र शिल्पा मास्केबीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ । अध्ययनका लागि अष्ट्रेलिया पुगेका यी दुई कसरी एकअर्कासँग नजिक हुन्छन् र के कारणले टाढिन्छन् भन्ने फिल्मको मुल कथाको वरपर फिल्म घुमेको छ । प्रेम जीवनमा आउने उचारचढावको कथामा फिल्म आधारित रहेको निर्देशक विसीले बताए । फिल्मको ६० प्रतिशत छायांकन अष्ट्रेलिया र ४० प्रतिशत पोखरामा भएको हो । आशिरमानले यसअघि ‘ग्याङस्टार ब्लूज’ मा हेमराजसँग काम गरेका थिए । ‘दि ब्रेकअप’ लाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । यो फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् । निर्देशक बिसीकै कथा रहेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।