फिल्म । प्रिमियरमार्फत राम्रो ‘वर्ड अफ माउथ’ पाएको नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाकको जीवनीमा आधारित रहेर तयार गरिएको नेपाली फिल्म ‘अञ्जिला’ को अग्रिम टिकेट खरिद तथा बुकीङ खुला भएको छ । फिल्मलाई अधिकाँस मल्टिप्लेक्स हलले प्राथमिकतामा राख्दै शो दिएका छन् । नेपाल प्रिमियर हेरेपछि सेलिब्रेटी, खेलाडी र पत्रकारले दिएको प्रतिक्रियाले फिल्म प्रति दर्शकको उत्साह बढेको छ ।
क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा २ शो, भक्तपुरमा रहेको क्युएफएक्समा २ शो, लबिम मलमा २ शो , सिभिल मलमा २ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा २ शो, क्युएफएक्स राइजिङ मलमा ३ शो, क्युएफएक्स सिटी स्क्वाएर मलमा ३ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत पोखरामामा रहेको क्युएफएक्स ट्रेड मलमा २ शो, नेपालगन्जमा २ शो, वुटवलमा २ शो, दमौलीमा १ शो, नारायणघाटमा रहेको जलमामा २ शो, सिजी मलमा २ शो, विराटनगरमा २ शो, विर्तामोडमा २ शो, विरगंजमा १, इटहरीमा १ शो दिएको छ ।
काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ३ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ३ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ३ शो, चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ३ शो, जमलमा रहेको विश्वज्योति सिनेमाजमा २ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा ४ शो, किर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्समा १ शो, सितापाइलामा रहेको सिने सिनेमाजमा ३ शो, गोंगबुमा रहेको इन्फिनिटी मुभिजमा २ शो, बानेश्वरमा रहेको वान सिनेमाजमा २ शो र कालिमाटीमा १ शो दिएको छ ।
यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ३ शो, बानेश्वरमा रहेको आइएनआईमा ३ शो र बुटवलमा रहेको आइएनआइमा ३ शो दिएको छ । यस्तै, इटहरीमा रहेको इलाइट सिनेमामा ४ शो, सिमरामा रहेको आइएनआइ केएसआर मुभिजमा २ शो, दमकमा रहेको डिम्याक्स सिनेमाजमा ३ शो, धरानमा रहेको फ्रेन्ड्स सिनेमामा ३ शो, विर्तामोडमा रहेको पाथिभरा सिने प्लाजामा ३ शो, धनगढीमा रहेको एसटिएस सिनेमामा १ शो, दाङमा रहेको भीएफएक्स सिनेमाजमा ३ शो, हेटौडामा रहेको एनएस सिनेमाजमा ३ शो, हेटौडामा रहेको ओम्याक्स सिनेमाजमा १ शो, नवलपुरमा रहेको कावासोती सिनेम्याक्समा २ शो, नेपालगञ्जमा रहेको सिने रोयलमा २ शो प्राप्त भएको छ ।
खेलाडीको विषय फिल्ममार्फत आम मानिससम्म पुग्नु खुसीको खबर रहेको बताउदै निर्देशक मिलन चाम्स, निर्माता प्रेमकुमार श्रेष्ठ लगायतलाई खेलाडी तथा फिल्मकर्मीले सामाजिक सञ्जालमार्फत बधाई दिईरहेका छन् ।
फिल्ममा कप्तान सुब्बाको जीवनको सङ्घर्ष र सफलता कथा देखाईएको निर्देशक चाम्सले बताए । ‘खेलाडीको विषयमा फिल्म तयार गर्नु चुनौती पूर्ण विषय थियो, सम्पूर्ण टीमको सहयोगले पुरा गरें । यो एउटा फुटवल खेलाडी र कप्तान सुब्बाको लागि डिजिटल दस्तावेज पनि हुनेछ’, उनले भने । फिल्मका कलाकार समेत रहेका अभिनेता दयाहाङ राईले आफूले वर्षौपछि सम्झिने फिल्म ‘अञ्जिला’ बनेको बताए । ‘
कप्तान सुब्बाका धर्मपिता तथा फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले खेलकुदमा लाग्नेलाई अगाडि बढ्न फिल्मले प्रेरणा दिन्छ बताए । फिल्ममा सुनिल थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । सुदीप बरालले छायाङकन, मिलन श्रेष्ठले सम्पादन गरेको यो फिल्म यही फागुन २९ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदैछ । यसलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनिले वितरण गर्दैछ ।