सकियो ‘सिटामोल’ छायांकन

फिल्म । राज बहादुर सानेको निर्देशनमा तयार भइरहेको फिल्म ‘सिटामोल’को छायांकन सकिएको छ । निर्देशक सानेले काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै सम्पुर्ण छायांकन सिन्धुलीमा सकिएकाे जानकारी दिए । उनले २५ दिन सिन्धुलीमा काम गर्दा लेखिएको कथालाई पर्दामा ल्याउन सहज भएको बताए ।

फिल्मको छायांकन सकिएसँगै अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालका केही तस्वीरसमेत सार्वजनिक गरिएको छ । फिल्ममा उनीहरु श्रीमान्-श्रीमतीको रुपमा प्रस्तु भएका छन् । यसमा माओवादी युद्धको कथा उठान गरिएको छ ।

तुलसी देवी फिल्म प्रालीको ब्यानरमा निर्माण भएको फिल्ममा सौगातले युद्धको घाइतेको भुमिका निवार्ह गरेका छन् । फिल्ममा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ ।

यसको कथा निर्देशक साने स्वंयमले लेखेका हुन् । बाबुल गिरीको संगीत रहेको फिल्मलाई दिव्य सुवेदीले खिचि रहेकाछन् । यसमा भुगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहेका छन् ।

कमेन्ट गर्नुहोस्