‘यात्रा’ अनलाइन रिलिज , मकैमा हेर्न पाईने

341 Shares

फिल्म । सलिनमान बनिया स्टारर फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ लाई अनलाइन हेर्न पाइनेछ । यसलाई पहिलो चरणमा युनाइटेड स्टेट अफ अमेरिकामा रिलिज गरिएको छ । नेपालमा गत चैत्र २९ मा रिलिज भएको फिल्मलाई दर्शकले रुचाएका थिए । ‘हामीले अनलाइन मार्फत रिलिज गर्ने निर्णय गरेका छौ’ प्रस्तुत्जरता चिजकुमार श्रेष्ठले भने ‘हामीले एप मार्फत रिलिज गरेका छौ , अमेरिकापछि अस्ट्रेलिया तथा युरोपमा पनि रिलिज गर्दैछौ ।’ उनले यसले नेपाली फिल्म निर्मातालाई पनि सहयोग पुग्ने बताए । ‘हामीले आउँदा दिनमा अन्य फिल्म मार्फत पनि सहकार्य गर्न सक्छौ’ उनले भने ‘यात्राबाट सुरुवात गरेका छौ ।’ यसअगाडी पनि मकै एपसँगको सहकार्यमा क्रिज कन्टेस्ट आयोजना गरेको थियो । https://meromakaii.com/yatra यस लिंकमा क्लिक गर्नु गरि फिल्म हेर्न सकिनेछ ।

फिल्ममा डेब्यु फिल्म मार्फत नै आफ्नो एककिसिमको फ्यान फ्लोअर्स बनाउन सफल सलिनमान बनिया, सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहेको छ । यसै फिल्म मार्फत मलिका महतले डेब्यु गरेकी हुन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।

फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ ।

Facebook Comments