वर्षामा देखियो कोरोना पोजेटिभ

फिल्म । अभिनेत्री वर्षा राउतमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनले पछिल्लो समय गराएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको उनि स्वयम्ले सामाजिक सञ्जाल मार्फत जनाएकी छिन् । गन्ध हराएको र खोकी लागिरहेको उल्लेख गर्दै उनले आफू ठिक रहेको र अहिले सबै सुरक्षाको सावधानी अपनाउँदै घरमै आइसोलेसनमा रहेको पनि जनाएकी छिन् ।

कोरोना महामारीको दोश्रो लहर सावधानी अपनाउदै सुरक्षित रहन समेत आग्रह गरेकी छिन् । पछिल्लो समय नेपाली रङ्ग क्षेत्रसंग जोडिएका धेरैमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कलाकारहरु मदनकृष्ण श्रेष्ठ, प्रकाश सपुत, दिपक आचार्य, सरिता लामिछाने, शिल्पा मास्के, निर्देशक ऋषि लामिछाने लगायत आइसोलेसनमा छन् ।

कमेन्ट गर्नुहोस्