फिल्म । नेपाली फिल्म ‘कोशेढुंगा’ को सार्वजनिक तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ मा टिकटक बनाउँदा उपहार पाइने भएको छ । समीक्षा अधिकारी, खेम सेञ्चुरी र दिपीका वयम्बु मगरको स्वर, नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको हुकलाइन तथा संगीतले सजिएको उक्त गीतको आजैदेखि खुल्ला गरिएको प्रतिस्पर्धामा अगस्ट २० सम्म सहभागीले भागलिन पाउनेछन् ।
निर्माण टिमका अनुसार सहभागीले भाग लिदाँ ह्यास्ट्याग नत्र भने जिन्दगी व्यर्थ छ मेन्सन गर्नु पर्ने छ । विजेताले उपहार स्वरूप बेस्ट पफमेन्सले ३० हजार, मोस्ट क्रियटिभ भिडियोले २० हजार र मोस्ट लाइक भिडियोले १० हजार पाउनेछन् ।
निर्देशक सरोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’ सारंगी फिल्मस्सँगको सहकार्यमा तयार भएको हो । यो फिल्मका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माता दिनेश खड्का छन् ।
कमेन्ट गर्नुहोस्










