गसिप । प्रियंका कार्की ‘फेशन सेन्स’ भएकी अभिनेत्री हुन् । कहाँ कसरी प्रस्तुत हुनुपर्छ भन्ने उनले राम्रोसँग बुझेकी छिन् । उनी सहभागी हुने इभेन्टमा आफू तर्फ ध्यान केन्द्रीत गराउन उनी सफल हुन्छिन् । केही वर्ष अगाडि ‘कान्स फिल्म फेस्टिभल’ मा पुगेको भनि चर्चा भएपछि उनको खुबै आलोचना भयो । किनकि उनी आधिकारी मानिने कार्यक्रममा कतै देखा परिनन् । स-साना ‘सेक्सन’ अन्तर्गतको कार्यक्रममा सहभागी भएपछि उनी ‘ट्रोल’ समेत बनिन् ।
सोही कारण हुनसक्स, प्रियंका पति तथा अभिनेता आयुष्मान डीएश जोसीसँग कान्स पुगेकी छिन् । उनले त्यहाँ एक च्यारिटी डिनर अन्तर्गतको कार्यक्रममा सहभागिता बारे जानकारी सामाजिक सञ्जालमार्फत दिईरहेकी छिन् । यद्यपि यसपटक प्रियंकाको तुलनामा कान्सको चर्चा मेयर बालेन शाहले लिएका छन् । उनी आधिकारिक निम्तो सहित पुगेर रेड कार्पेटमा सहभागी हुँदै निर्देशक फ्रान्सिस फोर्ड कोपोला निर्देशित ‘मेगापोलिस’को वर्ल्ड प्रिमियरमा सहभागी भए ।
यति मात्र नभई बालेन कान्समा नेपाली पोशाकमा सहभागी भए । यद्यपि प्रियंकाले भने नेपाल झल्किने कुनै पहिरन लगाइनन् । यसपटक पनि प्रियंकाको चर्चा उनको पहिरनमै सिमित भयो । प्रियंकाको पहिरनले सामाजिक संजालमा मिश्रित प्रतिक्रिया पाइरहेको छ । उनलाई सामाजिक सञ्जालमा नेपाली राष्ट्रिय पोशाक लगाउनुपर्ने सुझाव प्रयोगकर्ताले दिएका छन् ।
(तस्बिर श्रोत : अभिनेत्री प्रियंका कार्की र मेयर बालेन शाहको सामाजिक सञ्जालबाट)