प्रियंका भन्दैछिन् ‘रोमान्टिक छु’ (भिडियो)

संगीत । ‘पिरिम नलाउने….’ गीतबाट लोकप्रियताको शिखर चुम्न सफल गायक आशिष सचिन भ्यालेन्टाइन डेको अवसर पारेर नया“ गीत ‘रोमान्टिक छु…’ लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । मंगलवार सार्वजनिक गरिएको उक्त गीतमा गायक आशिष सचिनलाई गायिका अञ्जु पन्तले गायनमा साथ दिएकी छिन् । नृत्यपरक उक्त यूगल गीतलाई अर्जुन पोखरेलले संगीत निर्देशन गरेका हुन् । गीतका शब्दहरु नृपेश उप्रेतीले रचना गरेका हुन् । महाराज थापा उक्त गीतका संगीत संयोजक हुन् । ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् ।

एसजे क्रिएसनका लागि सुव्रत राज आचार्यद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की, बिजु पार्की तथा गायक आशिष सचिनले आकर्षक नृत्य गरेका छन् । बिजु पार्की भारतीय मोडल हुन् । आकर्षक लोकेशनमा छायांकन गरिएको भिडियोमा गम्भिर विष्टको कोरियोग्रँफी छ । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् । सम्पादक रेग्मीले भिडियोमा कलर करेक्सन गरेका छन् । भिडियोको अवधारणा जया शर्माले तयार पारेकी हुन् । शर्मा भिडियोकी सहायक निर्देश्ँक पनि हुन् । भिडियोमा मुना, सबिना, अनिशा, सौगात, संगीता, प्रतिक्ष्ाँ, समिर, पूजन, विशाल, निरिष, सुशान्त, कुमार, मन तथा कोसिशले सामुहिक नृत्य गरेका छन् । भिडियोलाई आरोही गौतमले प्रस्तुती गरेकी हुन् ।

कमेन्ट गर्नुहोस्