‘म यस्तो गीत गाउँछु २’ लाई रिच इन्टरटेनमेन्टले वितरण गर्ने

2K Shares

फिल्म । सुदर्शन थापाको निर्देशनमा तयार भईरहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को शुटिङ इलाममा हुने भएको छ । अन्तिम सेड्युल छायाँकन इलाममा यसै साताबाट सुरु हुने निर्देशक थापाले बताए । ‘अघिल्लो सेड्युलमा छुटेका केहि दृश्य र हाम्रो बाँकि काम सकाउन इलाम जादैछौ’ उनले भने । ‘म यस्तो गीत गाउँछु’ कै जोडी पल शाह र पुजा शर्मा यसमा दोहोरिएका हुन् ।

लभ स्टोरी जनरमा निर्मित फिल्म आउँदो फागुन २३ मा रिलिज हुनेछ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ । ‘पछिल्लो समय पल र पुजाको जोडीलाई पर्दामा हेर्न चाहने दर्शकको डिमाण्ड उत्तिकै छ’ करण भन्छन् ,’हामीले फिल्मलाई सक्दो धेरै दर्शक माँझ लान प्रयास गर्नेछौ ।’

तपाईको प्रतिक्रिया