फिल्म । ऋषिराज आचार्य निर्देशित फिल्म हो ‘द्रौपदी’ सबैले हेर्न पाउने भएका छन् । फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाण पत्र दिँदै सेन्सर पास गरेको हो । यो प्रमाण पत्रसँगै फिल्म सबैले हेर्न पाउनेछन् । अर्थात् फिल्म हेर्न परिवार एकसाथ हल पुग्न सक्ने भएका हुन् । कर्णालीको सुन्दरता, संस्कृति, जनजीवन र व्यथालाई प्रस्तुत गरिएको ‘द्रौपदी’ को सार्वजनिक भिडिओ सामग्रीले दर्शकको ध्यान तान्न सफल भएको छ ।
‘कर्णाली काटौँला’ गीतले सकारात्मक प्रतिक्रिया पाएपछि बढेको चर्चाका कारण फिल्मले राम्रो सुरुआत गर्ने विश्वास निर्माण टिमको छ । फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई ‘सुवास’ , प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय छ । फिल्ममा कथा, पटकथा, संवाद र गीतसमेत निर्देशन आचार्यको छ ।
‘डोल्पाको संस्कृति र फिल्मको कथा जोडिएको छ, त्यसकारण पनि हामीले छायाङ्कन गर्न डोल्पा नै रोजेका हौँ । यसमा नेपाली मौलिक विषय, आँखालाई शीतलता दिने सुन्दर दृश्य र सोचनीय विषयलाई उठाएको छु’, निर्देशक आचार्यले भने ।










