स्वरांकन गर्दै प्रधानमन्त्री ओली

फिल्म । प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’ का लागि स्वरांकन गरेका छन् । उनले आज अनामनगरमा रहेको एक स्टुडियोमा पुगेर फिल्ममा आफूले निर्वाह गरेको भूमिकामा स्वर दिए । मुस्कान खातुनसहित एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको फिल्ममा प्रधानमन्त्री ओलीले केही समय अगाडि अभिनय गरेका थिए ।

‘एसिड आक्रमणमा पर्नुभएका पिडितले न्याय पाउनेछन्, तपाइँहरुको समस्याको समाधान म गर्छु, न्याय दिन्छु । तपाइँहरुले एसिड आक्रमण विरुद्ध चलाईरहनुभएको अभियानलाई निरन्तरता दिनुहोस् । कलाकारले आफ्नो कलामार्फत समाजलाई सचेत गराउनु पर्छ….’, यी यस्तै संवादमा प्रधानमन्त्रीले स्वरांकन गरेका हुन् ।

उनिको दृश्य निर्देशक तथा अभिनेता रमित ढुंगानासँग खिचिएको थियो । कथा अनुसार प्रधानमन्त्री ओली चाहिने भएकाले आफूले अभिनय गरिदिन अनुरोध गरेको र अनुरोधलाई प्रधानमन्त्री ओलीले सहर्षस्वीकार गर्नुभएको निर्देशक ढुंगानाले बताए ।

यसमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सांसद ज्ञानेन्द्र शाहीको समेत अभिनय गरेका छन् । शिवम अधिकारीको कथा लेखन रहेको फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, सुरवीर पण्डित, सुनील कटुवाल लगायतका कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्