फिल्म । केहि समय यता सोसल ड्रामा जनरको फिल्म मार्फत दर्शकको मन जित्दै आएका जोन अब्राहमले यसलाई नै निरन्तरता दिने भएका छन् । उनले आउँदो वर्षको इदको लागि आफ्नो सफल फिल्म सत्यमेव जयतेको सिक्वेल ल्याउने भएका छन् । सन् २०१८ मा रिलिज भएको सत्यमेव जयतेले राम्रो रेस्पोन्स पाउनुका साथै बक्स अफिसमा राम्रो कमाइ गरेपछि निर्माताले यसको सिक्वेल बढाउने योजना बनाएका हुन् ।
भ्रष्टाचारीले गर्दा आउने अवस्था र त्यसमा एक पुलिस अफिसर मात्र नभई समान्य मान्छेले खेल्न सक्ने योगदानलाई फिल्ममा देखाइनेछ । फिल्मको छायांकन लखनउमा गरिने तयारी निर्देशक मिलाप् जावेरीले गरेका छन् । फिल्ममा जोनसँगै मिनाक्षी दास र दिव्य खोसला कुमारको अभिनय रहनेछ । जोनको यो फिल्म बलिउडका भाइजान सलमान खानसँग भिड्ने सम्भावना बढेको छ । किनकी इदमा प्राय सलमानको फिल्म आउने गरेको छ । (एजेन्सी)
Jis desh ki maiyya Ganga hai, wahan khoon bhi Tiranga hai! #SatyamevaJayate2 in cinemas on 12th May, EID 2021. #SMJ2EID2021#DivyaKhoslaKumar #MilapZaveri @monishaadvani @madhubhojwani @nikkhiladvani #BhushanKumar #KrishanKumar @TSeries @EmmayEntertain @dabbooratnani pic.twitter.com/YRCaRV257i
— John Abraham (@TheJohnAbraham) September 21, 2020












