सम्पन्न भयो ‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’

फिल्म । ‘बाह्रौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सम्पन्न भएको छ । नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रको आयोजनामा ‘सामाजिक न्याय’को नारासहित गत मङ्सिर २४ गतेदेखि सुरु भएको महोत्सवमा धनराज बार्कोटेद्वारा निर्देशित ‘रेमन्यान्ट्स’ चलचित्र ‘नेपाली पानारोमा’ अन्तर्गत पुरस्कृत भयो । यस्तै, ‘सर्ट डकुमेन्ट्री’ अन्तर्गत ‘ब्ल्याक रेन इन माई आइज’, ‘सर्ट फिक्सनज’ तर्फ ‘द फर्स्ट फिल्म’, ‘फिचर डकुमेन्टी’ तर्फ ‘ह्वेयर वी युज्ड टु स्लिप बाई’, ‘फिचर फिक्सन’ तर्फको पायल कपाडिया निर्देशित‘अल वि इम्याजिन एज लाइट पुरस्कार जित्न सफल भयो । उक्त महोत्सवमा ‘देवी’ वृत्तचित्रकी निर्देशक सुविना श्रेष्ठलाई उकृष्ट महिला चलचित्रकर्मी घोषणा गरियो ।

चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा भएको महोत्सवमा विभिन्न वृतचित्र, चलचित्र प्रदर्शनसँगै अन्तरक्रियात्मक कार्यक्रम भएको महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिए । विजेतालाई प्रतिनिधिसभा सांसद ठाकुर गैरे, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीसहित महोत्सव निर्देशक खत्रीले पुरस्कार प्रदान गरे । नेपालसहित २३ देशका ५३ चलचित्र सहभागी भएको महोत्सवमा वृत्तचित्रका मेन्टर तथा एडिटर निलोतपल मजुम्दरले ‘को–प्रडक्सन, ल्यान्डस्केप : लोकल स्टोरिज फर ग्लोबल अडियन्स’ विषयमा ‘मास्टरक्लास’ दिएका थिए ।

नेपालसहित पाकिस्तान, बङगलादेश, भारतलगायत देशका चलचित्रकर्मीको सहभागिता रहेको महोत्सवको आयोजना सन् २००९ मा स्थापना भएको मानवअधिकार चलचित्र केन्द्रले गर्ने गरेको छ ।

कमेन्ट गर्नुहोस्