‘यो हावा किन चल्छ ’ सार्वजनिक (भिडियो)

फिल्म । लभस्टोरी जनरामा निर्माण भएको भाष्कर प्रधान निर्देशित फिल्म ‘लभ यू हमेशा’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘यो हावा किन चल्छ ?’ बोलको गीतमा मेलिना राई र सुधिर राईको स्वर छ । यसमा भासुले शब्दसँगै संगीत पनि दिएका छन् । गीतको भिडियोमा फिल्मका प्रमुख अभिनेता यशराज गरच र नव-अभिनेत्री ऋचा थापा प्रेमिल मुद्रामा देखिएका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियो शिव ढकालले खिचेका हुन् ।

मंसिर १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको ‘लभ यू हमेशा’ मा यशराज र ऋचाका अलावा फिजा योन्जन, शिशिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ । धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुतिमा फिल्म बनेको हो । मिलन गुरुङ फिल्मका सह-निर्माता हुन् ।

भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौंमा सुटिङ भएको फिल्मको कथा निर्देशक भास्करकै हो । एनवि महर्जनको द्वन्द्व रहेको फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्