बिन्तिकुमारले ल्याए नयाँ गीत (भिडियो)

संगीत । गायक बिन्तिकुमार गुरुङको स्वर रहेको नयाँ गीत रिलिज भएको छ । बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको ‘बाटै बाटो’ बोलको गीतमा गायक बिन्तिकुमार कै शब्द तथा संगीत सुन्न सकिन्छ। गीतमा लय स्रोत बुद्धि बहादुर गुरुङको रहेको छ ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा मिलन शंकर र काजोल कर्ण फिचरिङ छन् । राजीव समरको नृत्य निर्देशन रहेको भिडियोमा मिलन काजोलको पछि परेको देख्न सकिन्छ । जश्मिन क्रियशनुको प्रस्तुतीमा तयार भएको भिडियोमा अर्जुन तिवारीले क्यामेरा चलाएका छन् भने ड्रोन उडाउने जिम्मा सुरेश काफ्लेले पाएका छन् । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

कमेन्ट गर्नुहोस्