दिल्लीमा ‘लाल सिंह चड्डा’

फिल्म । कोरोना भाइरसले उत्पन्न गरेको अवस्थाले गर्दा छायांकन रोकिएको फिल्म ‘लाल सिंह चड्डा’ पुनः सुरु भएको छ । आमिर खान अभिनित फिल्मको छायांकन दिल्लीमा भइरहेको छ । सेटमा आमिरसँगै करीना कपूर खान पनि देखिएकी छिन् । फिल्मको छायांकन दिल्लीको एक कलेजका साथै एअरपोर्टमा रहेको सेन्टौर होटेलमा समेत हुनेछ ।

बन्द रहेको सेन्टौर होटेल पहिलोपटक व्यावसायिक प्रयोजनका लागि दिइएको छ । होटेलमा आमिर र करीनाको अधिकांस दृश्य खिचिने बताइएको छ । कोरोना भाइरसका कारण फिल्मको रिलिज डेट एकवर्ष पछाडी सरेको छ । निर्माण टिमले अब फिल्मलाई सन् २०२१ को क्रिसमसमा रिलिज गर्ने घोषणा गरेको छ ।

ओस्कार विजेता टम ह्याक्सको ‘फरेस्ट गम्प’ मा आधारित फिल्म ‘लाल सिंह चड्डा’ मा आमिर शिर्ष भूमिकामा छन् । फिल्ममा उनको बाल्य अवस्था देखि वृद्ध अवस्थासम्मको यात्रा र बदलिदो संसारलाई देखाइनेछ । फिल्मका निर्देशन अद्वैत चन्दन र स्क्रिनप्ले अतुल कुलकर्णीले गरेका छन् । त्यस्तै, फिल्ममा प्रीतमको म्यूजिक र अमिताभ भट्टाचार्यको शब्द छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्