फिल्म । नयाँ वर्षलाई लक्षित गर्दै शुक्रबारबाट रिलिजमा आउन लागेका दुई नेपाली फिल्म ‘पिताम्बर’को अधिकांश हलमा शोज खुलेको छ । क्यूएफएक्स चेन, बीग मुभिज, एफक्यूब सिनेमा, आइएनआई लगायतका हलहरुले वुकिङ खुलाएका हुन् ।
क्यूएफएक्स चेनले उपत्यकामा यो फिल्मलाई २५ शोज दिएको छ । यो शोज अझै बढ्ने देखिन्छ । यता, एफक्यूबले फिल्मलाई ७ शोज दिएको छ । यस्तै, बीग मुभिजले यो फिल्मलाई ६ शोज दिएको छ । आइएनआई लोत्से मलमा ४ शोज, आई एनआई नयाँ बाँनेश्वरमा ४ शोज यो फिल्मलाई मिलेको छ । यस्तै, वीएसआर मुभिजले फिल्मलाई ४ शोज नै दिएको छ ।
फिल्मको शोज थुप्रै हलमा खुल्न बाँकी रहेकोले पनि यो फिल्मको शोज उच्च हुने देखिएको छ । कृषा चौलागाइको निर्देशनमा तयार भएको यो फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, गौरव बिष्ट, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारहरुको अभिनय छ । मल्टिस्टारर कलाकार, उच्च मार्केटिङ र बजारको डिमाण्डका कारण पनि फिल्मले उच्च शोज पाएको देखिन्छ ।