‘हिड्दा हिड्दै’ घोषणा

0 Shares

फिल्म । कोरोना भाइरसले गर्दा सिर्जित अवस्थाको कारण ठप्प रहेको फिल्मक्षेत्र विस्तारे सल्बलाउन थालेको छ । म्युजिक भिडियो र टेलिफिल्मको छायांकन भईरहेता पनि फिल्मको भने हुन् सकेको छैन । तर , पछिल्लो समय फिल्मकर्मी पनि सक्रिय हुन् थालेका छन् । लामो समयपछि आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘हिड्दा हिड्दै’ निर्माणको घोषणा गरिएको छ ।

सुरक्षाको मापदण्ड अपनाएर आयोजना गरिएको कार्यक्रममा फिल्मका सम्पूर्ण टिम उपस्थित थिए । दिल लामा, राजकुमार थिङ्ग र पारस गुरुङ प्रस्तुतकर्ता रहेको फिल्मलाई मिलन आले मगरले निर्देशन गर्दैछन् । यूवायूवतीको प्रेम, विछोड र पीडाको कथामा बन्ने फिल्ममा नायक आकाश श्रेष्ठ, सलोन बस्नेतको साथमा नव–कलाकार रेखा शाहको मुख्य भूमिका रहनेछ । फिल्ममा सुशिल पंगेनी प्रस्तुतकर्ता तथा लेखकको रुपमा छन् ।

यसमा सुमनकुमार तन्डुकारको छायांकन, देव महर्जनको एक्सन, बसन्त सापकोटाको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहनेछ । फिल्मको छायांकन काठमाण्डौ र तराइका विभिन्न स्थानमा हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्