फिल्म । ओम प्रतीकद्वारा निर्देशित फिल्म ‘मोहर’ले बक्स अफिसमा उत्साहजनक कमाइ गरिरहेको छ । प्रदर्शनको २६ दिनसम्म यो फिल्मले ४ करोड ९२ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । मंगलबार (१७ भदौ) सम्मको तथ्यांकअनुसार, फिल्मले आगामी सप्ताहन्तमा ५ करोडको आँकडा छुने प्रक्षेपण गरिएको छ ।
यो फिल्मले बक्स अफिसबाटै लगानी सुरक्षित गरिसकेको छ । देशभर अहिले पनि फिल्मको शोज संख्या सन्तोषजनक छ । देउकी प्रथामा आधारित यो सामाजिक ड्रामा फिल्मको प्रचारप्रसारमा कलाकारसहितको टोली अझै सक्रिय छ । यो कमाइले अभिनेता पल शाह, अभिनेत्री नीति शाह र बेनिशा हमाललाई ठूलो राहत मिलेको छ । विशेषगरी, लामो समयपछि निर्देशनमा फर्किएका प्रतीकलाई यो फिल्मले उत्कृष्ट कमब्याक गराएको छ ।
कमेन्ट गर्नुहोस्












