गीतमा काठमाण्डौको कथा (भिडियो)

संगीत । ठेलामा मः म बेच्दै गायक बनेका कपिल पौडेलको पहिलो गीत सार्वजनिक भएको छ । ‘साला काठमाण्डौँ’ बोलको गीतमा राजधानीको दैनिकीलाई चित्रण गरिएको छ । गायक बन्ने सपना बोकेर काठमाण्डौँ आएका कपिल लामो समय देखि बानेश्वर चौकमामा ठेलामा मःम बेच्दै आएका थिए ।

उनको गायकी क्षमताको युट्युवमा चर्चा भएपछि उनी चर्चामा आए । युट्युब मार्फत चर्चामा आएपछि कपिलले आफ्नो सपना पुरा गरेका छन् । निरज भट्टको शब्दमा रहेको गीतमा कपिलकै संगित रहेको छ । गीतमा पनि उनको झैँ कथा देखाइएको छ । काठमाण्डौमा सपना बोकेर आउने र त्यसमा पाउने सुख दुखलाई यसमा प्रस्तुत गरिएको छ ।

गीतको भिडियो शिशिर भण्डारी देखिएका छन् । सन्तोष खनाल ‘फिल्मीकिरो’को निर्देशनमा बनेको भिडियोमा वाइ पि घिमिरेको सिनेमेटोग्राफी रहेको छ । भिडियोलाई सन्जिप श्रेष्ठले सम्पादन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्