फिल्म । भारतीय अभिनेता राम चरण र अभिनेत्री जाहन्वी कपूर अभिनीत तेलुगु फिल्म ‘पेड्डी’ को बक्स अफिस कमाइ आठौं दिनसम्म आइपुग्दा उल्लेखनीय रूपमा घटेको छ । ठूलो ओपनिङ गरेको फिल्मले पहिलो सातापछि गति कायम राख्न नसक्दा विश्वव्यापी ३०० करोड भारू कमाइको आँकडा अझै पूरा गर्न नसकेको हो ।
फिल्मले प्रदर्शनको पहिलो दिन भारतमा ६९ करोड भारू नेट कमाइ गर्दै विश्वभरबाट १०० करोड भारूभन्दा बढी ग्रस कलेक्सन गरेको थियो । पहिलो सप्ताहन्तसम्म भारतमा मात्र १३७ करोड भारू नेट कमाउन सफल भएको फिल्मको व्यापार त्यसपछि लगातार ओरालो लागेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।
बुच्ची बाबु साना निर्देशित तथा लेखन रहेको फिल्ममा राम चरणसँगै शिवा राजकुमार, जाह्नवी कपुर, दिव्येन्दु शर्मा र जगपति बाबु मुख्य भूमिकामा छन् । खेलकुद पृष्ठभूमिमा आधारित ‘पेद्दी’ ले एक युवाको संघर्षको कथा प्रस्तुत गर्छ, जसले खेल क्षेत्रमा अघि बढ्दै जाँदा कडा प्रतिस्पर्धा, सम्मान र अपेक्षाको दबाब सामना गर्नुपर्छ ।










