फिल्म । अभिनेत्री नीता ढुंगाना निर्देशक बन्ने भएकी छन् । केहि समय अगाडी एक म्युजिक भिडियो निर्देशन गरेकी नीताले फिल्मको तयारी थालेकी छिन् । ‘ह्रस्व दीर्घ’ मार्फत नीताले ठुलो पर्दामा निर्देशकको रुपमा डेब्यु गर्दैछिन् । प्रि-प्रोडक्सन कार्य भइरहेको ‘ह्रस्व दीर्घ’ नीता फिल्मस्को ब्यानरमा निर्माण हुनेछ ।
लभस्टोरी जनर रहने फिल्म आउँदो अषाढ महिनाबाट छायांकनमा लाने तयारी निर्माण पक्षको छ । फिल्ममा निर्देशनसँगै नीताले अभिनय पनि गर्नेछिन् । फिल्ममा अभिनेताको रुपमा यूवा ज्योतिष हरिहर अधिकारी रहनेछन् । केहि समय पश्चात एक कार्यक्रमको आयोजना गर्दै फिल्म टीम सार्वजनिक गर्ने तयारी नीताको रहेको छ । गएको प्रणय दिवसमा नीताले आफु हरिहरसँग प्रेम रहेको संकेत समेत गरेकी छिन् । यो जोडीको प्रेम चर्चा केहि समय यता फिल्मीवृतमा बढ्दो छ ।
कमेन्ट गर्नुहोस्












