सिम्बाको कमाइबाट फुरुङ्ग रणवीर

फिल्म । यसवर्षको अन्त्यमा फिल्म ‘सिम्बा’ रिलिज भएको छ । रोहित शेट्टीको फिल्मले दर्शकको माया पाइरहेको छ । रणवीर सिंह अभिनित फिल्मले फस्ट डे नै २० करोड ७२ लाखको ब्यापार गर्न सफल भएको छ । रणवीरकै पछिल्लो फिल्मको रेकर्ड ब्रेक गर्दै उनको बढी कलेक्सन गर्ने फिल्ममा सिम्बा नम्बर एकमा आइपुगेको छ ।

साउथ इण्डियन फिल्म ‘टेम्पर’ को रिमेक भएता पनि यसलाई निर्देशक रोहितले आफ्नै किसिमले तयार पारेका थिए । फिल्ममा रणवीरसँगै सोनु सुद , साराअलि खान र विशेष भूमिकामा अजय देवगन र अक्षय कुमार रहेका छन् । यसलाई करण जोहर र रोहितले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्