फिल्म । आसन्न निर्वाचनलाई कारण देखाउँदै गएको मंगलबारदेखि प्रदर्शन स्थगित गरिएको फिल्म ‘श्री बुकुरो’ ले २ लाख ७२ हजार ९३० रुपैयाँ कमाई गरेको छ । सुदीप भुपाल सिंह निर्देशित उक्त फिल्मको कुल ८०५ टिकट बिक्री भएका छन् ।
चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत फिल्मको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ले प्रदर्शनरत फिल्मको गएको फागुन ९ गते शनिवारसम्मको कारोबारसम्बन्धी विवरण सोमबार सार्वजनिक गरेको हो ।
अभिनेत्री लक्ष्मी गिरी, आशिर्वाद क्षेत्री, निकिता आचार्य, राजन इशान, उत्तम केसी, रोशनी कार्कीलगायतका कलाकारको अभिनय रहेको फिल्मले सकारात्मक प्रतिक्रिया पाएको थियो ।
फागुन ६ गतेदेखि प्रदर्शन स्थगित गरिएको ‘श्री बुकुरो’ आगामी वर्ष विसं २०८३ को वैशाख १८ गतेदेखि पुनः प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।











