देश । नेपालमा पहिलोपटक कन्टेन्ट क्रिएटरलाई केन्द्रमा राखेर आयोजना हुन लागेको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ को मनोनयन सूची सार्वजनिक गरिएको छ। स्पर्श मिडिया एन्ड इन्टरटेन्मेन्ट प्रालिले आगामी असोज १२ गते सोमबार ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा अवार्ड समारोह आयोजना गर्दैछ।
आयोजकका अनुसार डिजिटल माध्यमबाट कन्टेन्ट सिर्जना गर्दै आएका प्रतिभालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड आयोजना गर्न लागिएको हो। ‘क्रिएट, इन्स्पायर, इम्प्याक्ट’ नारासहित आयोजना हुन लागेको अवार्ड कार्यक्रम आईएमई रेमिट्यान्स एन्ड पेमेन्ट्सको प्रस्तुतिमा हुनेछ।
करिब तीन महिनाको अवधि राखेर आवेदन आह्वान गरिएकोमा देशभरबाट २ हजार २ सयभन्दा बढी कन्टेन्ट क्रिएटरले सहभागिताका लागि आफ्ना कन्टेन्ट उपलब्ध गराएका थिए। तीमध्ये आयोजक संस्थाले १ सय २२ उत्कृष्ट कन्टेन्ट निर्णायकसमक्ष प्रस्तुत गरेको थियो। निर्णायकको मूल्यांकनपछि विभिन्न १० विधामा मनोनयन सूची तयार पारिएको आयोजकले जनाएको छ।
अवार्ड समारोहका क्रिएटिभ हेड विक्रमादित्य शाहका अनुसार प्रतियोगितामा कन्टेन्टको सिर्जनात्मकता, प्रभाव र योगदानलाई आधार बनाएर मूल्यांकन गरिएको हो।
प्रतियोगिताको मूल्यांकनका लागि कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकार, आईएमई ग्रुपका बद्री कटवाल, ‘मिस युनिभर्स नेपाल २०२२’ सोफिया भुजेल तथा पत्रकार टेक नारायण भट्टराई निर्णायक रहेका छन्।
आयोजक संस्थाका निर्देशक सुरज गराजका अनुसार मनोनयनमा परेका प्रत्येक विधाका १० इन्फ्लुएन्सरले अब आफ्नो विधाअनुसार नयाँ भिडियो तयार पार्नुपर्नेछ। त्यसपछि निर्णायकको मूल्यांकन र पब्लिक भोटका आधारमा प्रत्येक विधाबाट एक जना विजेता चयन गरिनेछ।
सामाजिक सञ्जालको प्रभाव तीव्र रूपमा बढिरहेको अवस्थामा कन्टेन्ट क्रिएटरको सिर्जनात्मक क्षमता, प्रभाव र योगदानलाई औपचारिक रूपमा सम्मान गर्ने उद्देश्यले अवार्ड आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।
यसैबीच, देशमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै अवार्डको आयोजक संस्था स्पर्श मिडिया एन्ड इन्टरटेन्मेन्ट प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
संस्थाका निर्देशक सुरज गराजले विपद्को समयमा गरिएको सानो सहयोगले पनि ठूलो अर्थ राख्ने बताए। उक्त सहयोग सुरज गराज (यसराज), विक्रमादित्य शाह र राजु जंग बस्नेतले संयुक्त रूपमा प्रदान गरेका हुन्।
अवार्ड कार्यक्रमको मुख्य उद्देश्य नेपालमा डिजिटल कन्टेन्ट सिर्जनाको क्षेत्रमा सक्रिय प्रतिभालाई राष्ट्रियस्तरमा पहिचान र सम्मान प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।
यी हुन् अवार्डका विधा तथा मनोनयनमा पर्न सफल इन्फ्लुएन्सरहरु
एजुकेशन फाइनान्स
रोनित श्रेष्ठ (r.on.it)
हिमांशु पोखरेल (himanshu_pokharel)
शुभम चापागाईँ (Daju) @realshub69)
सुरज तिमिल्सिना (Lukeko Law)
रबिन पौडेल (Digital Solution)
दिपेश शाही ठकुरी (Dipesh Shahi Thakuri)
पोषण भण्डारी (Finance360)
प्रशिका थापा (The Lawyer Next Door)
शर्मिला लामा (sharmilalama)
नविन तिमल्सेना (@ELOPEETH)
इन्टरटेन्मेन्ट
सम्राट अधिकारी (KathaCreations)
सन्दिप सुनार (sandipsunar_ig)
सन्देश तामाङ (2B Gamer)
राजेश बोगटी (rajeshbogati02 (KD)
दिलिप ओखेडा (Dilip okheda)
विवेक पाण्डे (Vivek Pandey (साहित्य) v_vek7)
लक्ष्मी ओली (laxmi 0li laxmioli24)
आभाष निरौला (nepal.360)
जुलिया मोक्तान (doubletrouble4488)
दिपेश कुमार शर्मा (Dipesh shorma)
फेसन व्यूटी
योगेश शर्मा (yogesh_sharma6803)
अदिती अधिकारी (aditi__adhikari)
सुष्मिता भुषाल (Get glow with us get.glow.with.us)
रोहिशा पुरी (Glow with Rohii rohishapuri)
असिम रानाभाट (ashimranabhat)
रोसा मारिया लामा (r0sa_yo0r0sa_yo0)
तेजल थापा (simplytezal_)
फिटनेस हेल्थ
नेपाली फिट ड्यूड ( Nepali fit dude | nepalifitdude04)
तेज गिरी (Tej Giri)
जीम कपन ( gymkapanfitness)
सुदिप विष्ट (lionelsudipp)
प्रिया बराल (priya__baral | PRIYA_DIARIES)
फूड
सोनी गुरुङ (soni_gurung_)
मनिषा थापा (storiesofmanisha)
सुशान्त आचार्य (hey.its.sushant)
अभिनव जोशी (nepalifoodtraveller)
ऋचा श्रेष्ठ (_richa.s)
सुशील कँडेल (sushilkandel)
गेमिङ
विष्णु भण्डारी (Khukuri Gaming)
आयुष महत (SR MINT)
broxy.official
hexal.gg
लाइफ स्टाइल
रियाना श्रेष्ठ ( riyanashrestha_)
जेनिशा तिमल्सिना (jenisha___33)
अश्मी अमात्य (asmi_amatya)
आयुष श्रेष्ठ (ayushsthaphotographs)
महफूज आलम (Aapan Podcast)
सुबेक्षा पोखरेल (subeksha.pokharel)
अंकित श्रेष्ठ (Ankit_stha1122)
अञ्जिला रजक (anzilarajak)
सुमित कुमार ओली (sumitoli12)
क्रिन्जल कार्की (krinzalkarki)
स्पोर्टस्
सुजीत थापा (sujeet_thapa7)
उज्वल प्रजापति (UJX10)
टेक्नोलोजी
ऋषभ गौतम (rishavexplains)
निशान्त श्रेष्ठ (technolozics)
उमेश कुमार थापा (Mithila Tech Gyan)
हेम प्रसाद भट्टराई (Hem Grow)
मिशन अधिकारी (Gadimandu)
ट्राभल
प्रशान्त सिंह ठकुरी ( Prashant Singh Thakuri)
अमित विष्ट (Amit’s Moto_Talks)
विनोद पन्त (vinodpantaa)
अर्पण घिमिरे (Arpan)
मनिषा महर्जन (minicanvas____)
रोशन खैतु (the_guywhocapturess)
विदुर अधिकारी (wonders_nepal)
अमन साह गुप्ता (AaRusSG Unscripted)
समीर बानियाँ (Saameer Baniya Govinda)
सन्जिता पाठक (sanzu.travels)









