विराटले लेखे ‘हामी तीन हुदैछौँ’

फिल्म । अभिनेत्री अनुष्का शर्मा आमा बन्ने भएकी छिन् । उनका श्रीमान क्रिकेटर विराट कोहलीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफुहरु अभिभावक बन्न लागेको खुलाएका हुन् । ‘आउँदो जनवरी २०२१ मा हामी तीन बन्दैछौँ’ विराटले लेखेका छन् ।

सन् २०१७ को डिसेम्बर १२ मा इटालीमा विवाह गरेका अनुष्का र विराटले २ वर्षपछी बच्चाको प्लान गरेको भारतीय मिडियामा उल्लेख छ । पछिल्लो समय अनुष्काले फिल्म भन्दा पनि वेब सिरिज निर्माणमा ध्यान दिईरहेकी छिन् । उनले बच्चा प्लान गरेसँगै आफुलाई फिल्म भन्दा टाढा बनाएकी छिन् । (एजेन्सी सहयोगमा )

कमेन्ट गर्नुहोस्