कोरियामा ‘नेपाली लोकसंगीत अवार्ड’ हुँदै

संगीत । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली लोकसंगीत अवार्ड हुने जानकारी गराइएको छ । ‘सृजनाको मुल्यांकन श्रष्टाको सम्मान , नेपाली संगीतको प्रवर्द्धन हाम्रो अभियान , नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान’ भन्ने नारा सहित आउँदो अगस्ट ४ अवार्ड हुन् लागेको हो । हिमालयन नेपाली इभेन्टसको आयोजनामा हुने अवार्डको बारेमा राजधानी स्थित दरबार रोधी क्लब दरबारमार्ग काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइएको हो ।

गायक तथा अवार्डका आयोजक सबिन घिसिङ, चर्चित गायक यम बराल, नायक बिक्रान्त बस्नेत ,फिल्म निर्माता एवम राष्ट्रिय सङ्गीतकर्मी संघका केन्द्रिय महासचिव बिक्रम जङ्ग शाह लगायतको उपस्थितिमा अवार्ड घोषणा गरिएको हो । यहि टिमले अवार्ड गर्नेछ । हिमालयन नेपाली इभेन्टस नेपालले बिगत केही बर्ष देखी नेपाली साङ्गितिक फाटमा एक अल्लगै पहिचान बनाउदै आइरहेको छ ।

यस अगाडी नै हिमालयनले मलेसियामा ‘हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०१७ ‘ र कतारको दोहामा आयोजना गरिएको ‘दोस्रो हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०१८’ को आयोजना गरिसकेको छ । कोरियासंग संस्कृतिक आदानप्रदान समेत गरिने आयोजक मध्यका एक विक्रमले बताए । ‘हामीले ३५ विधामा अवार्ड गर्नेछौ’ उनले भने ‘ नोमिनेशन केहि दिनमै घोषणा गरिनेछ भने आयोजना हुने कार्यक्रममा कोरियाली ब्याण्ड समेत सहभागी हुनेछन् ।’

Facebook Comments