
ओटीटी । केही वर्ष यता भारतमा गाउँको कथा देखाउनेमा टिभीएफ अर्थात द भाइरल फेभर अगाडि छ । सुरुआती समयमा कुनै ओटीटी प्लेटफर्मले नपत्याएपछि युट्युबमार्फत आफ्नो कन्टेन सार्वजनिक गरेको टिभीएफ अहिले सर्वाधिक खोजिने कन्टेन मेकर कम्पनि हो । यसका सिरिजले दर्शकले जोड्ने गर्छ । सोही कारण दर्शक यसको प्रतीक्षामा छन् ।
यसको ग्रामिण भेगको राजनीति र भोगाईलाई जीवन्त प्रस्तुत गरिएको ‘पञ्चायत’ को तेस्रो सिजन रिलिज भएको छ । गाउँमा सचिव बनेर पुगेका जीतेन्द्र कुमारको आँखाबाट प्रस्तुत गरिने कथा नेपालीको मधेसमा पनि पाइन्छ । यस्तै, कारण यो नेपालमा पनि उत्तिकै प्रतिक्षित छ । फुलेरा गाउँको राजनीति र प्रमुख सचिव अभिषेकको प्रेमकथाको झलक सार्वजनिक ट्रेलरमा देखाईएको छ । ८ एपिसोडको नयाँ सिजनलाई अघिल्ला सिरिजकै निर्देशन दीपक कुमार मिश्राले निर्देशन गरेका छन् ।


सचिवले गाउँमा भइरहेको बेकारको राजनीतिबाट जोगिएर पढाइमा ध्यान केन्द्रित गर्न खोज्दा अर्कोतर्फ फुलेरा गाउँमा पञ्चायतको निर्वाचन हुन लागेको विषय यस सिजनमा देखाइएको छ । गत सिजन, विधायक साहेबले प्रधान जी र सचिवजीलाई समस्यामा पारेका थिए र उनीहरूको जागिर पनि खतरामा थियो । सिरिजमा जितेन्द्र कुमार, नीना गुप्ता, रघुवीर यादव, फैसल मलिक, चन्दन रोय र सान्विका जस्ता कलाकारहरू देखिनेछन् ।

