यी हुन् सन् २०२६ का प्रतिक्षित हलिउड फिल्म

फिल्म । आगामी वर्ष सन् २०२६ हलिउड फिल्म उद्योगका लागि निकै महत्वपूर्ण वर्ष हुने देखिएको छ । आउने वर्ष चर्चित फ्रेन्चाइजी, पारिवारिक फिल्म तथा बहुचर्चित निर्देशक र लेखकका फिल्महरूले रिलिज तालिका भरिने छन् । हरर फिल्मका दर्शकका लागि ‘स्क्रिम ७’, ‘रेडी ओर नट २’ र ‘२८ इयर्स लेटरः द बोन टेम्पल’ जस्ता फिल्म प्रतीक्षित छन् भने रोमान्टिक रुचिका दर्शकले ‘वुदरिङ हाइट्स’ र ‘सेन्स एण्ड सेन्सिबिलिटी’ जस्ता फिल्मको प्रतीक्षा गर्न सक्नेछन् ।

बालबालिकाका लागि एनिमेटेड फिल्मको सूची पनि आकर्षक देखिन्छ । ‘हपर्स’, ‘गोट’ र ‘द क्याट इन द ह्याट’ जस्ता मौलिक फिल्मदेखि ‘टोय स्टोरी ५’, ‘मिनियन्स ३’ र ‘द सुपर मारियो ग्यालेक्सी मुभी’ जस्ता सिक्वेलसम्म समावेश छन् । एनिमेसनबाहेक पारिवारिक दर्शकका लागि लाइभ-एक्सन फिल्महरू पनि आउँदैछन्। वर्षको मध्यतिर ‘मोआना’ को लाइभ–एक्सन रिमेक तथा चौथो ‘जुमान्जी’ फिल्म प्रदर्शनमा आउने तयारीमा छन् ।

स्टार वार्स, मार्भल र डीसी युनिभर्सले पनि सन् २०२६ मा ठूलो पर्दामा धमाका गर्ने भएका छन् । मे महिनामा ‘द मन्डलोरियन एण्ड ग्रोगु’ रिलिज हुँदैछ भने गर्मीयाममा ‘स्पाइडर म्यानः ब्रान्ड न्यू डे’ र ‘सुपरगर्ल’ प्रदर्शनमा आउनेछन् । वर्षको अन्त्यतिर ‘एभेन्जर्सः डूम्सडे’ ले एमसीयूका सुपरहिरोलाई पुनः ठूलो पर्दामा फर्काउनेछ ।

यस वर्ष हलिउडका दुई चर्चित फिल्म निर्माता पनि थिएटरमा फर्कँदैछन् । युनिभर्सलले स्टीवन स्पिलबर्गको ‘डिस्क्लोजर डे’ र क्रिस्टोफर नोलनको ‘द ओडिसी’ गर्मीयाममा रिलिज गर्ने तयारी गरेको छ ।

सन् २०२६ मा प्रदर्शन हुने प्रमुख प्रतीक्षित फिल्महरूः

ग्रिनल्याण्ड २ः माइग्रेसन (९ जनवरी)

२८ इयर्स लेटरः द बोन टेम्पल (१६ जनवरी)

द मोमेन्ट (२० जनवरी)

मर्सी (२३ जनवरी)

गोट (१३ फेब्रुअरी)

वुदरिङ हाइट्स (१३ फेब्रुअरी)

स्क्रिम ७ (२७ फेब्रुअरी)

होपर्स (६ मार्च)

द ब्राइड (६ मार्च)

प्रोजेक्ट हेल मेरी (२० मार्च)

रेडी ओर नट २ः हेयर आइ कम (२७ मार्च)

द सुपर मारियो ग्यालेक्सी मुभी (३ अप्रिल)

माइकल (२४ अप्रिल)

द वेयर्स प्राडा २ (१ मे)

मोर्टल कोम्ब्याट २ (१५ मे)

मन्डलोरियन एण्ड ग्रोगु (२२ मे)

डिस्क्लोजर डे (१२ जून)

टोय स्टोरी ५ (१९ जून)

सुपरगर्ल (२६ जून)

मिनियन्स ३ (१ जुलाई)

मोआना (१० जुलाई)

ओडिसी (१७ जुलाई)

स्पाइडर–म्यानः ब्रान्ड न्यू डे (३१ जुलाई)

जुमान्जी ४ (११ डिसेम्बर)

एभेन्जर्सः डूम्सडे (१८ डिसेम्बर)

ड्यून पार्ट ३ (१८ डिसेम्बर)

कमेन्ट गर्नुहोस्